PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

इन्डियाको विन लादेन 'अब्दुल सुवाहन कुरैसी' जो नेपालमा अंग्रेजी पढाउँथे



पहिलोपोस्ट

इन्डियाको विन लादेन 'अब्दुल सुवाहन कुरैसी' जो नेपालमा अंग्रेजी पढाउँथे
फोटो : हिन्दुस्तान टाइम्स

सन् २००८ मा गुजरातमा सिरियल ब्लास्टका योजनाकार मानिएका अब्दुल सुवाहन कुरैसीले ब्लास्टपूर्व शिक्षक र सेल्सम्यानका हिसाबले काम गरेको खुलासा भएको छ।

इन्डियन विन लादेनका रुपमा चिनिएका ४६ वर्षीय कुरैसी भारतको आतंकवादी संगठनका सञ्चालक भएको दावी गरिन्छ। उनी स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया र इन्डियन मुजाहिद्धिनसँग जोडिएको प्रहरीको दावी छ।

सोमबार दिल्ली प्रहरीले पक्रेका कुरैसी ब्लास्ट हुनुपूर्व नेपालमा शिक्षकका रुपमा सक्रिय थिए। नेपालको स्कुलमा उनी अंग्रेजी पढाउँथे।
 

सन् २०१५ मा उनी विदेशी पासपोर्टमा साउदी अरब पुगे र सेल्सम्यानका रुपमा काम गरे। सुरक्षा अधिकारीहरुका अनुसार साउदीमा उनी इन्डियन मुजाहिद्धिनका लागि रकम संकलनमा पनि संक्रिय रहे भने आतंकवादी संगठनहरुसँग जोडिइरहे।  

इन्जिनियरिङ पूरा गरेका कुरैसी आइडडीजस्ता विस्फोटक बनाउन माहिर छन्। मध्ये प्रदेशको जवालपुर नजिकैको रामपुरमा जन्मिएका कुरैसी बच्चा अवस्थामा नै मुम्बई गएका थिए। वाइकुलमा रहेको क्रिस्चियन मिसनरी विद्यालयबाट स्कुल तह पूरा गरेका उनले सन् १९९२ मा मुम्बईको भारतीय विद्यापिठमा अध्ययन गरे। १९९५ मा उनले इन्ड्रस्टियल इलेक्ट्रोनिक्समा डिप्लोमा हासिल गरे।  

सन् १९९९ मा बिहे गरेका उनी सन् २००० पछि पूर्ण रुपमा जातीय आन्दोलनमा सक्रिय रहे। केही सफ्टवेयर कम्पनीमा काम गरेपछि उनी एक दिन उनी वेपत्ता भए। 

भारतको मोस्ट वान्टेड सूचीमा रहेका उनलाई पक्रन सघाउनेलाई सरकारले ४ लाख रुपैयाँ इनामको घोषणासमेत गरेको थियो।
 
स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डियाका समर्थकलाई भेट्न गाजियापुर पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सामान्य गोली चलेपछि प्रहरीले सहजै उनलाई समात्यो। 

प्रहरीका अनुसार कुरैसीले उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश, गुजरात र कर्नाटकमा विस्फोटको योजना बनाउँदै थिए।
 
इन्डियन मुजाहिद्धिनका संस्थापक रियाज भटकलसँग कुरैसीको भेट नेपालमा रहँदा नै भएको प्रहरीको दावी छ। नेपालबाट साउदी अरेविया पठाउनुमा भटकलको हात छ।

गुजरातका श्रृंखलावद्ध विस्फोटमात्र होइन कुरैसी सन् २००६ मा मुम्बईमा भएको रेल बिस्फोटका पनि संकास्पद अभियुक्त हुन्। विस्फोटमा २ सय ९ जनाको ज्यान गएको थियो। 
(दी स्टेट्सम्यान बाट)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell