PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्रदेश राजधानी माग्दै आन्दोलित वीरगंज, माघ २१ गते बन्दको आह्वान



राधेश्याम पटेल

प्रदेश राजधानी माग्दै आन्दोलित वीरगंज, माघ २१ गते बन्दको आह्वान

वीरगंज : प्रदेश नं २ को राजधानी बनाउनु पर्ने माग सहित आन्दोलनरत संघर्ष समितिले आगामी माघ २१ गते वीरगंज बन्द गर्ने निर्णय गरेको छ।

समिति संयोजक तथा कांग्रेस नेता सुरेन्द्र चौधरीको अध्यक्षमा बसेको बैठकले वीरगंजलाई राजधानी बनाउनुपर्ने माग राख्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।

समितिले माघ १३ गते र्‍याली,१९ गते आमसभा र २० गते मशाल जुलुस तथा २१ गते वीरगंज बन्द गर्ने निर्णय गरेको संघर्ष समितिका सदस्य सुधिर पटेलले बताए। जवसम्म वीरगंजलाई राजधानी बनाइँदैन तबसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए। साथै, राजधानी बनाउन साथ नदिने नेताहरुलाई वीरगंज प्रवेशमा निषेध लगाउने संघर्ष समितिको रणनीति तथा निर्णय पनि भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell