PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'गरुड पुराण'को कथा अब फिल्ममा



पहिलोपोस्ट

'गरुड पुराण'को कथा अब फिल्ममा

काठमाडौं: फिल्म ’गरुड पुराण’ बन्ने घोषणा भएको छ। सुशन प्रजापति र सुवास कोइरालाको संयुक्त निर्देशन रहने फिल्म कमेडी जनराको बन्ने बताइएको छ।  

फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतको कलाकार रहनेछन्। फिल्ममार्फत प्रियंका सिंह ठकुरीले डेब्यु गर्नेछिन्।

फिल्म यसै साताबाट छायांकनका लागि फ्लोरमा निस्कने जानकारी दिइएको छ। फिल्मको काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन हुने फिल्मलाई सुशनलेनै खिच्नेछन्। कसम नेपालको कथा तथा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell