PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

राष्ट्रिय सभामा २१ महिला निर्वाचित हुनै पर्ने, उम्मेदवारी २३ जनाकोमात्रै !



पासाङ ठकुल्ला

राष्ट्रिय सभामा २१ महिला निर्वाचित हुनै पर्ने, उम्मेदवारी २३ जनाकोमात्रै !

काठमाडौं : वाम गठबन्धन र तालमेलमा रहेको कांग्रेस र मधेशी गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा महिला आरक्षणतर्फ २३ महिला उम्मेदवार बनाएका छन्।

वाम गठबन्धनले ४३ मध्येमा १५ जना महिला उम्मेदवार बनाएको छ भने कांग्रेसले उठाएका २६ जना मध्ये ७ र फोरमले १ जना महिला उम्मेदवार उठाएको छ। 

निर्वाचन अयोगले संघीय संसदमा संवैधानिक महिला प्रतिनिधित्वको सुनिश्चित गर्न भन्दै प्रतिनिधि सभा समानुपातिक सदस्यहरुको नतिजा सार्वजनिक गरेको छैन्।

प्रतिनिधि सभामा प्रवेश पाएको यी पाँच दलले २३ जना महिला उम्मेदवार उठाएका छन्। संविधानमा व्यवस्था गरे अनुसार प्रत्येक प्रदेशबाट ३/३ जना महिला निर्वाचित गराउनु पर्ने छ। 

प्रत्येक प्रदेशमा निर्वाचित गराउनु पर्ने ३/३ गरी सात प्रदेशमा निर्वाचित गराउनु पर्ने महिला प्रतिनिधिको संख्या पनि २१ पुग्न जान्छ। 
प्रदेश १, २, ४, ५ र ७ ले ३/३ महिला उम्मेदवार पाएको छ। यी ४ प्रदेशमा प्रतिस्पर्धीका लागि यी शीर्ष दलबाट उम्मेदवार छैन। 

यस्का अलावा प्रदेश ३ र ६ मा महिला आरक्षणबाट भने एक उम्मेदवर पराजित हुने छन। महिला आरक्षणबाहेक अन्य अरक्षणमा वा खुल्ला तर्फ भने यी दलहरुबाट महिला उम्मेदवार छैनन। 

तर राष्ट्रिय सभा निर्वाचनमा भाग लिन २१ दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन। उनिहरुले उठाउने महिला उम्मेदवारले शीर्ष यी चार दलहरुका महिला उम्मेदवारले अफ्ठेरो पार्न सक्छ। 

निर्वाचनको लागि मनोनयन दर्ता आज प्रदेशको उच्च अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुने छ। 
 

यी हुन महिला उम्मेदवार

प्रदेश १
सरिता प्रसाई (कांग्रेस)
नैनकला ओझा (एमाले)
वीना पोखरेल (माओवादी)

प्रदेश २
प्रमिला यादव (फोरम)
मुक्ता कुमारी यादव (कांग्रेस)
शशीकला दाहाल (माओवादी)

प्रदेश ३
धना खतिवडा (कांग्रेस)
पार्वती रावल (एमाले)
उदाया शर्मा  (एमाले)
गंगा पराजुली (माओवादी)

प्रदेश ४ 
बृन्दा राना मगर (कांग्रेस)
शान्ति अधिकारी (एमाले)
दीपा गुरुङ (एमाले)

प्रदेश ५
अनिता देवकोटा (कांग्रेस)
मीना बुढा (एमाले)
कोमल ओली (एमाले)

प्रदेश ६ 
सुर्यदेवी मल्ल (कांग्रेस)
कविता बोगटी (एमाले)
नन्दा शर्मा (एमाले)
युटुल लामा (माओवादी)

प्रदेश ७
तारा देवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरीया विष्ट (एमाले)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell