PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चारा घोटाला : बिहारका पूर्व मुख्यमन्त्री लालु यादव तेस्रो मुद्दामा पनि दोषी



पहिलोपोस्ट

चारा घोटाला : बिहारका पूर्व मुख्यमन्त्री लालु यादव तेस्रो मुद्दामा पनि दोषी

नयाँ दिल्ली : चारा घोटालाको तेस्रो मुद्दामा पनि बिहारका पूर्व मुख्यमन्त्री तथ राष्ट्रिय जनता दलका संस्थापक लालुप्रसाद यादव दोषी ठहरिएका छन्। 

स्पेसल सिआइबी अदालतका न्यायाधीश एसएस प्रसादको इजलासले सन् १९९२-९३ मा भएको काण्डमा लालुलाई दोषी ठहर्याुएको हो। ३३ करोड ६७ लाखको चारा घोटलाका अघिल्लो मुद्दामा दोषी ठहरिएपछि लालु अहिले जेलमा छन्।

फैसलापछि लालुका छोरा तेजेश्वी यादवले नितिश कुमारको सरकारको योजनामा मुद्दामा फैसला भएको दावी गरेका छन्। फैसलाविरुद्ध उच्च अदालत जाने उनले बताए।

'कसरी भारतीय जनता पार्टी, आरएसएस र मुख्यगरी नितिश कुमारले लालुविरुद्ध षड्यन्त्र गरेका छन् जनतालाई थाहा छ। हामी उच्च अददालतमा फैसलाविरुद्ध जानेछौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell