PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश १ मा १० जनाको मनोनयन, अन्य प्रदेशमा उम्मेदवारी दर्ता जारी



पहिलोपोस्ट

प्रदेश १ मा १० जनाको मनोनयन, अन्य प्रदेशमा उम्मेदवारी दर्ता जारी

काठमाडौं: राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता पक्रिया जारी रहेको निर्वाचन कार्यलयले जनाएको छ। 

उम्मेदवारी मनोनय दर्ता प्रदेशमा रहेको उच्च अदालतमा खोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनो नयन दर्ता भैरहेको छ। 

प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उम्मेदवारी मनोनयन दर्ता यस्तो छ।  

प्रदेश १ को मा नेपाली कांग्रेस र वाम गठबन्धनका गरी १० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन। 

प्रदेश २ मा संघीय समाजवादी फोरमबाहेक अरु दलले उम्मेदवारी मनोनयन गरिसकेका छन्। २ मा अहिलेसम्म ६ जनाको उम्मेदवारी परेको छ।

प्रदेश ३ मा भने वाम गठबन्धनले ८ जनाको मनोनयन दर्ता भएको छ। दर्ता प्रक्रिया जारी रहेको छ।

प्रदेश ४ मा वाम गठबन्धन, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन। 

प्रदेश ५ मा वाम गठबन्धन र जनमोर्चाका ७ जनाले मनोनयन दर्ता गराएका छन। 

प्रदेश ७ मा नेपाली कांग्रेसका ४ जनाले उम्मेदावरी मनोनयन दर्ता गराएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell