PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कोपा डेल रे : एथ्लेटिको मड्रिडलाई हराउँदै सेभिया सेमिफाइनलमा



पहिलोपोस्ट

कोपा डेल रे : एथ्लेटिको मड्रिडलाई हराउँदै सेभिया सेमिफाइनलमा
फोटो : http://www.rfef.es

एथ्लेटिको म्याड्रिडलाई समग्रमा ५-२ ले पराजित गर्दै सेभिया स्पानिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराती भएको दोस्रो लेगको खेलमा सेभियाले एथ्लेटिकोलाई ३-१ ले पराजित गरेको हो। पहिलो लेगमा पनि सेभिया २-१ ले विजयी भएको थियो।

घरेलु मैदानमा सेभियालाई जित दिलाउन सर्जियो इस्कुडेरो, एभर बनेगा र पाब्लो सराबियाले गोल गरे। एथ्लेटिकोका लागि एन्टोली ग्रीजमनले एक गोल गरे।

जितपछि सेभिया यस सिजनको कोपा डेल रे सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। क्वाटरफाइनल दोस्रो लेगअन्तर्गत अन्य खेलमा आज राती अलाभेज र भ्यालेन्सिया तथा रियल मड्रिड र लेगानेस बीच खेल हुनेछ भने भोली बार्सिलोना र स्पानयोलबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell