PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

१४४ मत रहेको विवेकशील साझाको समर्थन यसकारण कांग्रेसलाई



पहिलोपोस्ट

१४४ मत रहेको विवेकशील साझाको समर्थन यसकारण कांग्रेसलाई

काठमाडौं: विवेकशील साझाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ।

कांग्रेसले प्रदेश ३ मा खुला तर्फ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकोले समर्थन गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए।

आज एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले भनेको छ, 'राष्ट्रियसभा जस्तो गरिमामय संस्थामा राधेश्याम अधिकारी जस्तो व्यक्तित्वलाई कांग्रेसले उमेदवार बनाउने निर्णयलाई सकारात्मक रूपमा लिंदै विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छl'

विवेकशील साझा पार्टीको जम्मा मत १४४ रहेको छl  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell