PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रदेश ३ मा १७ जनाको उम्मेदवारी, मजदुर किसान र राप्रपाका पनि उम्मेदवार



पहिलोपोस्ट

प्रदेश ३ मा १७ जनाको उम्मेदवारी, मजदुर किसान र राप्रपाका पनि उम्मेदवार

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ३ मा १७ जनाको उम्मेदवारी परेको छ।

नेकपा एमालेबाट ६, नेपाली कांग्रेसबाट ४, माओवादीबाट २, नेपाल मजदुर किसान पार्टीबाट ४ र राप्रपाले १ जना उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सीता साम्बाले जानकारी दिइन्।

राप्रपाले महिला तर्फ लक्ष्मी देशारलाइ उम्मेदवार बनाएको जनाएको छ।

उम्मेदवारको नामावली भने केही बेरमा प्रकाशित गरिने उनले जानकारी दिइन्। 

प्रमुख दलले भने यसअघि नै उम्मेदवारको नाम प्रकाशन गरिसकेको छ।
एमालेबाट उम्मेदवार
१. पार्वती रावल (महिला)
२. उदया शर्मा ( महिला) 
३. सिंहबहादुर बिक (दलित)
४. वलराम बाँस्कोटा (खुला)
५. बेदुराम भुसाल (खुला)
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक)

नेपाली कांग्रेसबाट

१‍.राधेश्याम अधिकारी (खुला)

२.धना खतिवडा (महिला)

३.मदनकृष्ण श्रेष्ठ (अपाङ्गता)

४.हरिशरण नेपाली (दलित)

माओवादीबाट
१. रामबहादुर थापा ‘बादल’ (खुला) 
२. गंगा पराजुली (महिला)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell