काठमाडौं : प्रदेश नम्बर एकमा महिलातर्फका तीन जना उम्मेदवार निर्विरोध भएका छन्।
एक प्रदेशबाट महिला समूहमा तीन जना उम्मेदवार निर्वाचित गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रदेश एकमा तीन जना महिलालेमात्र महिला समूहतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकाले निर्विरोध हुने देखिएको हो।
आयोगका अनुसार महिला समूहमा तीन जना निर्वाचित गर्नुपर्छ। तीन जनाको उम्मेदवारीमात्र दर्ता भएकाले मतदान गर्न पर्दैन।
महिला समूहतर्फ उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेकपा एमाले बाट नैनकला ओझा र नेकपा माओवादी केन्द्रबाट विना पोखरेल रहेका छन्।