PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

नेपालले हङकङ र मकाउसँग मैत्रीपूर्ण भलिबल खेल्ने



पहिलोपोस्ट

नेपालले हङकङ र मकाउसँग मैत्रीपूर्ण भलिबल खेल्ने
फोटो : राखेप

काठमाडौं : नेपाली राष्ट्रिय भलिबल टोलीले हङकङ र मकाउको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले ३४ वर्षपछि हङकङको टोलीसँग मैत्रीपूर्ण भलिबल खेल्न लागेको हो।

यही जनवरी २८ र २९ (माघ १४ र १५ गते) मा नेपालले हङकङसँग दुई खेल खेल्ने नेपाल भलिबल संघ एनभिएले जनाएको छ। यस्तै नेपालले जनवरी ३१ (माघ १७ गते) मा मकाउसँग खेल्नेछ।

एनभिए अध्यक्ष मनोरञ्जन रमण शर्माको नेतृत्वमा २१ सदस्यीय नेपाली टोली बिहिवार त्यसतर्फ प्रस्थान गर्नेछन्। नेपाली टोलीको कप्तानी इम राना मगरले गर्नेछन्।

बुधबार नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेको छ। टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनीधि सभाका सांसद जीवनराम श्रेष्ठले बिदाई गरे।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा बिरेन्द्र चौधरी छन् भने जगदिश भट्ट प्रशिक्षकको रुपमा रहनेछन्। टिम ब्यवस्थापको रुपमा नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ छन्।

अध्यक्ष शर्मासँगै महासचिव जितेन्द्रबहादुर चन्द र विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ पनि टोलीसँगै जानेछन्।

उनीहरुले नेपाली भलिबलको बिकास र बिस्तारमा दुई देश बीच सहयोग आदन–प्रदानका लागि हङकङ र मकाउका भलिबलका उच्चपदाधिकारी सँग महत्वपुर्ण छलफल गर्ने कार्यक्रम रहेको छ।

टोलीसँगै रेफ्रीको भूमिकामा एशियन रेफ्रि क्यानिडेड पुर्णप्रसाद चौलागाई पनि हङकङ जानेछन्।

सन् १९८३ मा जापानको टोकियोमा नेपालले हङकङसँग खेलेको थियो। त्यसयता नेपालले पहिलो पटक हङकङमै गएर हङकङसँग खेल्न लागेको हो। यस्तै एनभिएका अनुसार नेपाल र मकाउबीच भने पहिलो पटक खेल हुन लागेको हो।

नेपालका पूर्व भलिबल खेलाडी जयनारायण चौधरीको पहल तथा तथा नेपाल भलिबल संघ हङकङ र इस्ट एसियाका सद्भावनादुत निरन्जन गुरुङको व्यवस्थापनमा नेपालले हङकङसँग खेल्न लागेको एनभिएले जनाएको छ।

एनभिएका अनुसार हङकङमा रहदा नेपाली टोलीको सम्पूर्ण खर्च निरन्जन गुरुङले नै ब्यहोर्नेछन्। यस्तै नेपालले मकाउमा खेलन जाँदा त्यसक्रममा लाग्ने समूपर्ण खर्च एनभिएका मकाउ प्रतिनिधि मधुकर थापाले ब्यहोर्ने समेत एनभिएले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell