PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नेटवर्किङ सञ्चालक प्रहरी फन्दामा



चन्द्रकान्त खनाल

नेटवर्किङ सञ्चालक प्रहरी फन्दामा

रुपन्देही : रुपन्देही प्रहरीले ठगी आरोपमा तीन नेटवर्किङ कम्पनीका पाँच जना सञ्चालकहरुलाई पक्राउ गरी सार्वजानीक गरेको छ।

एजेन्टमार्फत् नेपालका विभिन्न ठाँउबाट रोजगारी तथा कमिसनको प्रलोभन देखाइ रकम ठगी गरेको प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ड्रिम डेभलोपर्स ट्रेड मार्ट कम्पनीका सञ्चालक लम्जुङ जिल्लाका दर्पण लामा र दाङका कुशलराम चौधरी छन्।

त्यस्तै 'विनविन' कम्पनीका धादिङ जिल्ला घर भएका ज्ञानेन्द्र मगर र फुटवल कम्पनीका काभ्रेपलाञ्चोकका चन्दित सिंह मोक्तान र बाराका दावा लामा रहेका छन्। भारतको गोरखपुर,बनारस र कुशीनगर शहरमा खोलिएका उक्त नेटवर्किङ कम्पनीका अझै २९ जना अभियुक्त फरार छन्।

पीडितहरुबाट कम्पनीले आठ हजारदेखि तीन लाख रुपैयाँसम्म उठाउँदै आएका भैरहवामा आज पत्रकार सम्मेलन गरी जिल्ला प्रहरीका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए। कम्पनीले ठगी गरेको भन्दै ८० जनाले रुपन्देही प्रहरीमा उजुरी दिएका छन्। पक्राउ परेका सञ्चालकहरुलाई एक करोड ५१ लाख ९९ हजार बिगो दाबी सहित संगठित ठगी मुद्दामा जिल्ला अदालतमा पेश गरिएको पान्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell