PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रदेश ४ मा १२ जनाको उम्मेदवारी, राष्ट्रिय जनमोर्चाबाट २ जना



नरहरि पौड्याल

प्रदेश ४ मा १२ जनाको उम्मेदवारी, राष्ट्रिय जनमोर्चाबाट २ जना

पोखराः प्रदेश नम्बर ४ बाट माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ। बाम गठबन्धनबाट ६ जना, नेपाली कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्नेहरुमा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेश प्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), एमालेकी शान्ति अधिकारी (बागलुङ), अपांग कोटातर्फ एमालेका रामबहादुर थापा (स्याङ्जा) र दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर बिक (स्याङ्जा) रहेका छन्।

त्यसै गरि नेपाली काँग्रेसबाट चार जनाल मात्रै उम्मेदवारी दिएका छन्। काग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दा देवी राना (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) ले मनोनयन दर्ता गरेका छन्।

यसै गरि राष्ट्रिय जनमोर्चाबाट २ जनाले मनोनयन दर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चा खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) रहेका छन्। 

प्रदेश सभाका ६० र स्थानिय निकायका प्रमुख र उपप्रमुख १ सय ७० गरी २ सय ३० जना मतदाता रहेको क्षेत्रीय निर्बाचन कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell