PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रिय सभा निर्वाचन: प्रदेश ७ मा १० जनाको मनोनयन, तीन महिला निर्विरोध



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचन: प्रदेश ७ मा १० जनाको मनोनयन, तीन महिला निर्विरोध

काठमाडौं: प्रदेश ७ मा राष्ट्रिय सभा सदस्यमा तीन महिलासहित १० जनाको उम्मेदवारी परेको छ। महिलातर्फ नेकपा एमालेका इन्द्र कडरिया, कमला ओली र नेपाली कांग्रेसका तारादेवी भट्टको मात्र उम्मेदवारी परेसँगै निर्विरोध भएका छन्।

रष्ट्रियसभा निर्वाचनमा महिलातर्फ प्रत्येक प्रदेशबाट तीन जना महिला निर्वाचित गर्नुपर्छ। 

खुल्ला तर्फ कांग्रेसका बद्री पाण्डे, नेकपा माओवादीका शेरबहादुर कुवँर र नेकपा माओवादीका हरीराम चौधरीले मनोनयन दर्ता गराएको छ। 

यस्तै दलिततर्फ एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका श्रीराम पार्कीले मनोनयन दर्ता गराए। 

अल्पसंख्यक वा अपाङ्गतातर्फ नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादी महेशकुमार महराले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell