PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

३० भन्दा धेरैको ज्यान लिने गरी कार बम विस्फोट 



पहिलोपोस्ट

बेनगाजी : लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कार बम विस्फोट हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ।

जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन्।

अन्य शहर भन्दा शान्त मानिने बेनगाजी सहर गत वर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो। सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गरेका थिए। 

जिहादीविरुद्ध बेनगाजीमा तीन वर्षे अभियान नै चलाइएको थियो। तर पनि हिंसात्मक घटना भने निरन्तर रुपमा भइरहेका छन्।

मंगलबार भएका दुई घटनामध्ये पहिलो घटना भएर सुरक्षाकर्मी र आपतकालिन उद्धारकर्ताहरूले उद्धार गरिरहेको समयमा केही बेरमा अर्को घटना भएको थियो।
 
शहरमै रहेको अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिए। 

त्यसैगरी अर्को बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौ जनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताए।
 
चिकित्सा अधिकारीले घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।

रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell