PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

हिमपातका कारण राजमार्ग अवरुद्ध



रासस

हिमपातका कारण राजमार्ग अवरुद्ध
दोलखामा परेको हिउँ। फोटो : रासस

हेटौँडा : त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ।

अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौडाबाट काठमाडौं आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए। 

मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उनले बताए। - रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell