PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रदेश २ मा एमालेबाट एकजना मात्र उम्मेदवार, राजपाका वृषेशचन्द्र लाल निर्विरोध



रासस

प्रदेश २ मा एमालेबाट एकजना मात्र उम्मेदवार, राजपाका वृषेशचन्द्र लाल निर्विरोध

जनकपुरधाम: राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन्। 

महिला सदस्यतर्फ कांग्रेसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन्। 

अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाललेमात्र उम्मेदवारी परेको छ। योसँगै लाल निर्विरोध हुनेछन्। दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell