
शरीरका अंश सुन्दर देखाउन औषधी प्रयोग गरेवापत् साउदी अरेवियामा वर्षेनी हुने व्युटी कन्टेस्टबाट १२ ऊँट अयोग्य घोषित भएका छन्। प्रतियोगिता जित्नका लागि ऊँटलाई वोटेलिनियम टक्सिन इन्जेक्सनबाट दिइएको फेला परेको थियो।
साउदी अधिकारीहरुले राजा अब्दुल अजिजलाई मरभूमिबाट ब्युटी कन्टेस्ट रियाद नजिकै सार्न आग्रह गर्दै आएका छन्। यस वर्ष ब्युटी कन्टेस्टमा उपाधीको राशीको विषयमा विवादसमेत उठेको थियो। ३१.८ मिलियन रकम विजेतालाई दिइने बताइएको छ।
ऊँटको कानलाई विशेष मानिन्छ जुन निक्कै संवेदनशील पनि हुन्छ। तर, सुन्दरता देखाउने नाममा ऊँटको ओठ वा अन्य पार्टमा ड्रग प्रयोग गर्न पाइँदैन।
ऊँटको प्लास्टिक सर्जरी गरेको भेटिएपछि त झन यो विषयले चर्चा पायो। त्यसैले नियम थप कडा बनाइयो। ऊँटलाई साउदीको सिम्बोलका रुपमा पनि लिइन्छ। एक महिना चल्ने प्रतियोगितामा करिब ३० हजार ऊँट जम्मा हुनेछन्।