3.jpg)
काठमाडौं : नेपाल नम्वर वान गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटीले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधिका लागि खेल्ने भएका छन्।
बुधबार पार-६८ रोएल नेपाल गल्फ क्बलमा क्वाटरफाइनल र सेमिफाइनल खेल जित्दै शिवराम र भुवनले फाइनल भिडन्त तय गरेका हुन्।
शिवरामले बुधबार भएको क्वाटरफाइनलमा आफ्नै दाई जयराम श्रेष्ठलाई हराए भने सेमिफाइनलमा सूर्य प्रसाद शर्मालाई पराजित गर्दै फाइनल यात्रा तय गरे।
यस्तै तेस्रो वरीयताका भुवनले क्वाटरफाइनलमा यलम्बर अधिकारी तथा सेमिफाइनलमा रामे मगरलाई हराउँदै शिवराम सँग उपाधि भेट पक्का गरे।
सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गत वर्षको पाँचौ इभन्टमा उत्कृष्ट १६ गल्फरले सहभागिता जनाएका थिए।
कूल २ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद ७० हजार तथा उपविजेताले ४० हजार पाउनेछन्। फाइनल खेल बिहीवार हुनेछ।