पोखरा : १६औं आहा रारा गोल्डकपको अन्तर्गत बुधबार भएको दोस्रो प्रिक्वाटरफाइनल खेलमा धरान एफसी क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई ३–० गोल अन्तरले हराएको छ।
पोखरा रंगशालामा भएको खेलमा धरान फुटबल क्लले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजितगरी क्वाटर फाइनलमा प्रबेश गरेको हो ।
धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एक-एक गोल गरे। पहिलो हाफको खेल बराबरीमा सकिएपनि धराने टोलीले दोस्रो हाफमा ३ गोल गर्यो।
खेलको ६१औं मिनेटमा धरानका डिफेन्डर रमन लिम्बुले पहिलो गोल गरे। निसान लिम्बुको कर्नर बलमा रमनले उत्कृष्ट गोल गरेका हुन्। त्यसको दुई मिनेटपछि नै सजन राईले गोल गर्दै धरानको अगरता दोब्बर पारे। पेनाल्टी एरिया नजिक रहेको बललाई निसान लिम्बुले गोल गर्न चुकेको बललाई सजनले गोल गरेका हुन्। धरानका लागि ७४ औं मिनेटमा निसान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेड गोल गरे।
खेलमा धरानका निसान लिम्बु म्यान अफ दी म्याच घोषित भए। सिक्किमका दिपेश मगरले खेलको ३५औं मिनेटमा खाली पोष्टमा प्रहार गरेको बल धरानका सरोज राईले गोललाईन नजिकैबाट उत्कृष्ट बचाउ गरे। पहिलो हाफमा गोल गर्ने केहि अवसर पाएको सिक्किमे टोलीले दोस्रो हाफमा भने फितलो प्रदर्शन गर्यो।