PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

अब ६५ वर्षमै वृद्धभत्ता पाइने, सोमबारको मन्त्रिपरिषदको बैठकबाट नयाँ प्रावधान पारित



पहिलोपोस्ट

अब ६५ वर्षमै वृद्धभत्ता पाइने, सोमबारको मन्त्रिपरिषदको बैठकबाट नयाँ प्रावधान पारित

काठमाडौं। सरकारले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकराले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो। 

बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्प पीडित र बाढी पीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। राससका अनुसार सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ। 

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ। सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ।

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले बताए। 

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell