PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै थ्री स्टार फाइनलमा



रासस

आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै थ्री स्टार फाइनलमा
फोटो : दीलिप राईको फेसबुक

इटहरी : विभागीय टोली त्रिभुवन आर्मीलाई टाइबरेकरमा हराउदै रुस्लान थ्री स्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो सेमिफाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेल थ्री स्टारले ५-३ ले जित्यो।

निर्धारित समयको खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको थ्री स्टारका लागि दोस्रो हाफको १२औँ मिनेटमा मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो।

टाइब्रेकरमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङ, निराजन खड्का, सुनिल बल, अनन्त तामाङ र रजिन धिमालले गोल गरे भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दीप लामाको प्रहार गोलमा परिणत भयो तर अरिक विष्टको प्रहार बाहिरियो।

अब थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ क्लब कोलकाताबीच बिहीवार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell