PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

कोपा डेल रे : रियल मड्रिड बाहिरियो, लेगानेस अवे गोलमा विजयी



पहिलोपोस्ट

कोपा डेल रे : रियल मड्रिड बाहिरियो, लेगानेस अवे गोलमा विजयी

रियल मड्रिड अवे गोलका आधारमा पछि पर्दै स्पानिस कोपा डेल रे बाट बाहिरिएको छ। गएराती भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा रियललाई २-१ ले पराजित गरेको लेगानेस अवे गोलको आधारमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

घरेलु मैदानमा भएको पहिलो लेग लेगानेसले १-० ले हारेको थियो। तर दोस्रो लेगमा रियलकै मैदानमा २-१ को शानदार जित हात पारपछि अवे मैदानमा बढी गोल गरेका कारण लेगानेसले अनतिम चारमा स्थान बनाउँदा रियल बाहिरएको हो ।

रियललाई उसैको मैदानमा पराजित गर्न लेगानेसका लागि जाभी एरासो र गाबरीएलले गोल गरे। रियलका लागि करिम बेन्जामाले एक गोल गरेपनि हार टरेन।

उता भ्यालेन्सिया अलाभेजलाई पेनाल्टीसुटआउटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि नै सेभियाले अन्तिम चारमा सथान बनाइसकेको छ। अब आज राती हुने बार्सिलोना र स्पानयोबीचको खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell