PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

इएफएल कप : चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा



पहिलोपोस्ट

इएफएल कप : चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा

इंगलिस लिग कप इएफएल कप को उपाधिका लागि म्यानचेष्टर सिटी र आर्सनल भिड्ने भएका छन्। गएराती भएको दोस्रो सेमिफाइनलमा चेल्सीलाई हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो।

पहिलो लेग गोलरहित बराबरीमा सकियो थियो। दोस्रो लेगमा एक गोलले पछि परेको स्तिथि उल्टाउँदै आर्सनलले चेल्सीलाई २-१ ले पराजित गरेको हो।

लण्डन क्लबको भिडन्तमा खेलको सातौँ मिनेटमै एडेन हाजार्ड गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटपछि नै चेल्सीकै एन्टोनी रुएडिगरले आत्मघाती गोल गरेपछि आर्सनलले खेल १-१ को बराबरीमा पूर्‍यायो।

दोस्रो हाफमा आर्सनलका लागि ६०औँ मिनेटमा ग्राइन्ट जाकाले विजयी गोल गरेका थिए।

यसअघि म्यानचेष्टर सिटी ब्रिस्टोललाई पराजित गर्दै फाइनल पुगिसकेको छ। फाइनल खेल फेब्रुअरी २५ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell