PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रियसभा निर्वाचनः प्रदेश ७ मा १० जनाको उम्मेदवारी, खुला र महिलातर्फ सबै निर्विरोध



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनः प्रदेश ७ मा १० जनाको उम्मेदवारी, खुला र महिलातर्फ सबै निर्विरोध

धनगढीः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिए।

खुल्ला र महिलातर्फ तीन/तीन जनाको उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने देखिएको छ। यद्यपिको यसको आधिकारिक घोषणा हुन बाँकी रहेको छ।

यसैगरी एक/एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई/दुई जनाको उम्मेदवारी परेको छ। राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell