PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रियसभा निर्वाचन आचारसंहिता भोलिबाट लागू हुने



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन आचारसंहिता भोलिबाट लागू हुने

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि भोलिबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। 

आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ। यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।


सार्वजनिक संस्थाका प्रमुख तथा कर्मचारी, नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा स्वामित्वमा रहेका कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। 

सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचरी तथा राजनीतिक दल तथा भातृ संगठनलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell