PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

‘राष्ट्रियसभामा १७ जना निर्विरोध, ३९ सिटमा ६६ उम्मेदवारबीच प्रतिस्पर्धा’



पहिलोपोस्ट

‘राष्ट्रियसभामा १७ जना निर्विरोध, ३९ सिटमा ६६ उम्मेदवारबीच प्रतिस्पर्धा’

काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बुधबार मनोनयन सकिएको छ। एकल संक्रमणीय मतदान प्रणालीका कारण कुनै पनि गठबन्धनले निर्वाचित हुने ५६ सिटका लागि पूरै उम्मेदवारी दिएनन्। जित्ने सम्भावना भएका समूहमा मात्र दलहरुले उम्मेदवारको मनोनयन गराएका छन्।

कूल ५९ सदस्यीय सभामा ५६ सदस्य निर्वाचनबाट चयन हुने संवैधानिक व्यवस्था छ। तीन सदस्य भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ।

बुधबार सम्पनन मनोनयन अनुसार ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध हुने अवस्था छ। यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम घोषणा गरेको छैन।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दाबी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचन प्रक्रिया बाँकी नै रहेकाले आयोगले अहिले नै निर्विरोध निर्वाचित भन्न नसक्ने बताए।

अहिलेकै उम्मेदवारी संख्या सदर भएमा माघ २४ मा हुने निर्वाचनमा अब बाँकी ३९ सिटका लागि ६६ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

निर्वाचन आयोगका अनुसार ९ राजनीतिक दलले निर्वाचनमा उम्मेदवार उठाएका छन्। जसमा महिला २६, खुला २८, दलित १४ र अपाङ्गता तथा अल्पसंख्यकबाट १५ उम्मेदवारको मनोनयन भएको छ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले प्रतिनिधित्व हुनेछ। जसमा खुला ३, महिला ३, दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ जनाको प्रतिनिधित्व हुनेछ।

एकल संक्रमणीय निर्वाचन प्रणाली भएका कारण ६ वटा प्रदेशमा प्रमुख तीन दलको प्रतिनिधित्व करिव सुनिश्चित छ। प्रदेश नम्बर ६ को हकमा भने परिणाम निश्चित छैन।

 

निर्विरोध भएका तर, घोषणा हुन् बाँकी


प्रदेश १

नैनकला ओझा –एमाले (महिला)

सरिता प्रसाईँ –कांग्रेस (महिला)

विना पोखरेल –माओवादी (महिला)


प्रदेश २

मुक्ताकुमारी यादव –कांग्रेस (महिला)

शशीकला दाहाल –माओवादी (महिला)

प्रमिलाकुमारी यादव –सं.स. फोरम (महिला)

रामप्रित पासवान –सं.स. फोरम (दलित)

वृषेशचन्द्र लाल –राजपा (अल्पसंख्यक)


प्रदेश ५

कोमल ओली –एमाले (महिला)

मीना बुढा –एमाले (महिला)

अनिता देवकोटा –कांग्रेस (महिला)


प्रदेश ७

शेरबहादुर कुँवर –एमाले (पुरुष)

इन्दु कडरिया –एमाले (महिला)

कमलाकुमारी ओली –एमाले (महिला)

बद्रीप्रसाद पाण्डे –कांग्रेस (पुरुष)

तारादेवी भट्ट –कांग्रेस (महिला)

हरिराम चौधरी –माओवादी (पुरुष)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell