PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'पञ्चेबाजा'को ट्रेलरमा ग्रामिण समाजको कथा



पहिलोपोस्ट

'पञ्चेबाजा'को ट्रेलरमा ग्रामिण समाजको कथा

काठमाडौं: फागुन ११ गते रिलिज तयारी गरिरहेको फिल्म 'पञ्चेबाजा'को ट्रेलर रिलिज भयो। ट्रेलरमा गाउँले परिवेशको प्रेमकथा केन्द्रमा देखाइएको छ। फिल्म युनिटले प्रचारका लागि यसअघि गीत सार्वजनिक गरेको थियो।

न्यू भेनस फिल्मसको ब्यानरमा बनेको फिल्मलाई राजेश शाहीले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको छ भने कालिप्रसाद बाँस्कोटा/विकास चौधरीले संगीत दिएका छन्।

फिल्ममा सौगात मल्ल, कर्मा, सिर्जना सुब्बा, बुद्धी तामाङ, बिमला गिरी, सबिन बास्तोला, तेज गिरी, प्रमिला तुलाचन, जस्मिन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell