PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कार्टुन्ज क्रुसँग दोस्रोपटक प्रियंका कार्की, गीतको कभर भिडियो आह्वान



पहिलोपोस्ट

कार्टुन्ज क्रुसँग दोस्रोपटक प्रियंका कार्की, गीतको कभर भिडियो आह्वान

काठमाडौं: रुचाइएका डान्स ग्रुप कार्टुन्ज क्रुसँग अभिनेत्री प्रियंका कार्की देखिएकी छिन्। क्रु सदस्यसँग प्रियंकाको फिचरिङ रहेको ‘माछीले खाने खोलीको लेऊ’ सार्वजनिक भएको हो। क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग प्रियंकाको दोस्रो भिडियो हो। यसअघि फिल्म पुरानो डुङ्गाको 'नीर जैले रिसाउने' बोल गीतको कभर भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्।

सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका हुन्। गीतमा मेलिना राई र सरोज ओलीको आवाज रहेको छ। त्यस्तै बसन्त सापकोटाले संगीत छ र दिनेश थपलियाले शब्द दिएका हुन्।

गीत सार्वजनिकसँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता आह्वान गरिएको छ। इच्छुकले मार्च महिनाभित्रमा भिडियो बुझाउनु पर्नेछ। कभर भिडियो विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडियाले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell