PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

नेपाली पर्दामा 'पद्मावत'को वर्चश्व



पहिलोपोस्ट

नेपाली पर्दामा 'पद्मावत'को वर्चश्व

काठमाडौं: विहीबारदेखि बहु प्रतिक्षित बलिउड फिल्म 'पद्मावत' रिलिज भयो। लामो समयको सामाजिक, प्राविधिक विवादपछि फिल्म प्रदर्शनमा आएको हो। फिल्मको नेपाल रिलिजपनि विहीबार नै भयो। प्रदर्शनको पहिलो दिननै नेपाली सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा पद्मावतको वर्चश्व रहेको छ।

पद्मावत रिलिजसँगै गत शुक्रबार मात्र प्रदर्शनमा आएका नेपाली फिल्महरु लालपुर्जा र पिंजडा ब्याक अगेन प्राय मल्टिप्लेक्सबाट उत्रिए। तीन साताअघि प्रदर्शनरत 'मिस्टर झोले'ले भने बिग मुभिज र क्युएफएक्समा केही सो पाएका छन्। क्युज सिनेमा, एफक्युब, सिने डि सेफमा भने पद्मावत मात्र प्रदर्शनरत छ। 

सिंगल स्‍क्रिनमा नेपाली फिल्मले पनि केही सो पाइराख्दा बलिउड तथा हलिउडका अन्य फिल्महरुको सो राखिएको छैन।

भारतका केही मल्टिप्लेक्सले पद्मावतको टिकट रकम बढाएर २४ सय तोकेपनि नेपालका सिनेमा घरहरुमा भने नियमित टिकट दरमा फिल्म हेर्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell