रुपन्देहीः तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट ८९ बर्षिय बिष्णुकुमारी भट्टराईको मृत्यु भएको छ।
जेब्रा क्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षिय बिष्णु कुमारी भट्टराईको मृत्यु भएको हो। पश्चिम क्षेत्रीय ट्राफीक प्रहरी कार्यलय बुटबलका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी उनलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर र उनको घनस्थमै मृत्यु भएको जनाएको छ।
जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकी नगर तनावग्रस्त बनेको छ। स्थानीयले ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन्। स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ।