PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हिउँ पर्‍यो फुरुरु मैच्याङ‍‍...फुल्चोकीमा हिउँ खेल्नेको भिड: हेर्नुस फोटोमा

हिउँ पर्‍यो फुरुरु मैच्याङ‍‍...फुल्चोकीमा हिउँ खेल्नेको भिड: हेर्नुस फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: बुधबार देशका विभिन्न ठाउँमा पानी पर्नुकासाथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो। काठमाडौं उपत्यका नजिकै रहेको केही उच्च पहाडी क्षेत्रमा हिउँ पर्यो। काठमाडौं चन्द्रागिरी र ललितपुरको फुल्चोकिमा हिउँ परेको हो।

हिउँमा खेल्न युवाहरु बिहिबार बिहानैदेखि फुल्चोकी पुगेका छन्। बुधबार दिउँसो करिब ३ फिटसम्म हिउँ परेको स्थानीय युवा साकार गुरुङले बताए। गुरुङले भने,' बुधबार दिउँसोदेखि हिउँ परेको हो। करिब ३ फिट बाक्लो हिउँ जमेको थियो।'

ललितपुरको गोदावारी बसपार्कबाट करिब १२ किलोमिटरको दुरीमा फुल्चोकी टावर पुगिन्छ। करिब नौ किलोमिटर पुगेपछि हिउँ देख्न सकिन्छ। टावरसम्म मोटर बाटो पुगेपनि हिउँ परेर चिप्लो भएकाले तीन किलोमिटर भने पैदल नै जानुपर्छ।


ट्रेन्डिङ पोस्ट

Ncell