PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

नयाँ वर्षसँगै नेपालमा बक्सअफिस लागु हुने



पहिलोपोस्ट

नयाँ वर्षसँगै नेपालमा बक्सअफिस लागु हुने

काठमाडौं: लामो विवाद र छलफल पश्चात नेपालमा बक्सअफिस लागु हुने भएको छ। निर्माता एवं निर्देशक आकाश अधिकारीले बक्सअफिस लागु गर्ने बारे बैठकको निस्कर्ष फेसबुकमार्फत जानकारी दिएका हुन्।

चलचित्र बिकास बोर्डका सदस्य तथा वक्स अफिस कार्यन्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरूसँगको छलफल पछि २०७५ देखि बक्सअफिस लागु गर्ने भएको हो। २०७५ वैशाख १ गतेबाट बक्सअफिसको परिक्षण हुनेछ। र २०७५ श्रावण १ गतेबाट उपत्यका भित्र लागु हुनेछ। काठमाडौं बाहिर भने २०७५ माघ १ गतेसम्ममा कार्यान्वयन हुने जनाइएको छ।

बक्स अफिस कार्यान्वयन समितिमा नरेन्द्रसँगै प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन्।

ब्रेज डिजिइट सोलुसनले प्राविधिक पक्षको जिम्मेवारी लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell