PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश ५ मा २३ गते संसद बैठक, फागुन ३ गते मुख्यमन्त्री चयन 



चन्द्रकान्त खनाल

प्रदेश ५ मा २३ गते संसद बैठक, फागुन ३ गते मुख्यमन्त्री चयन 

रुपन्देहीः प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले संबैधानिक ब्यबस्था अनुसार नै सरकार गठन हुने बताएका छन्। कानुनमा भएको ब्यबस्था अनुसार र तोकिएकै मितिभित्र सरकार गठन गर्ने झाले बताए। ‘तत्काल २ वटा गर्नुपर्ने काम छ, प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने,’ उनले भने। 

प्रदेश प्रमुखको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनको नतिजा सार्बननिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिसक्ने बताए। 

माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको उल्लेख गर्दै उनले राजनीतिक दल, कानुन विज्ञ तथा अन्य विज्ञहरुसँग छलफल भइरहेको जानकारी दिए। झाले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएअनुरुप नै काम हुने दाबी गरे।

संसद सञ्चालनका लागि कर्मचारीको तयारी तीव्र पारिएको प्रदेश सचिव सन्तकुमार दवाडीले जानकारी दिए।

यता प्रदेश मन्त्रालय लगायतका कार्यका लागि अस्थायी राजधानी भएकोले अस्थायी किसिमका पूर्वाधारहरु निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell