PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

दानव नदीमा पुल बन्नेः एमाले उपमहासचिव पौडेलेले गरे शिलान्यास 



चन्द्रकान्त खनाल

दानव नदीमा पुल बन्नेः एमाले उपमहासचिव पौडेलेले गरे शिलान्यास 

रुपन्देहीः बुटबलको मैनाबगर देखि टपमजुबा  सडक खन्डअन्तर्गत पर्ने दानव नदीमा  पुलको को शिलान्यास भएको छ। 

एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री  बिष्णुप्रसाद पौडेलले पुलको शिलान्यास गरेका हुन । १२ करोड ६८ लाख ६४ हजार को लागतमा  पुल निर्माण सम्पन्न हुने छ।

शिलान्यास कार्यक्रममा नेता पौडेलले  रुपन्देही जिल्ला बिकासको नमुना जिल्ला बनाउने बताएका छन्। सडक खानेपानी यातायात सञ्चार सबै क्षेत्रमा  रुपन्देही लाई नमुना विकासको जिल्ला बनाउने बताए।  कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ र लिला गिरी लगायतले बोलेका थिए।

पुलको निमार्णको ठेक्का  बज्रगुरु कन्ट्राक्सन ललितपुरले लिएको डिभिजन सडक कार्यलय बुटबलले जनाएको छ। पुलको लम्बाई १२०.२ मीटर र चौडाई ११ मीटर हुने छ। ठेक्का सम्झौता २०७७ बैशाख १ गते भित्र सम्पन्न गर्नुेपर्ने रहेको छ। २०७३–७४को  योजना  अन्तर्गत पुल निमार्ण कार्य सुरु भएको  बुटबलले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell