PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यी हुन् एन्फा चुनावमा सी डिभिजनबाट मतदान गर्न पाउने ५ क्लब



पहिलोपोस्ट

यी हुन् एन्फा चुनावमा सी डिभिजनबाट मतदान गर्न पाउने ५ क्लब
फोटो : एन्फा

काठमाडौं : आगामी चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनका लागि सी डिभिजनबाट पाँच क्लबले मताधिकारको अधिकार पाएका छन्।

एन्फाका अनुसार सी डिभिजनमा रहेका ओएसिस क्लब, प्लानिङ ब्वाइज क्लब, सानो गौचरन युवा क्लब, खालीबारी युवा क्लब  र समाज कल्याण खेलकुद केन्द्रले चुवानमा भोट हाल्न पाउनेछन्।

यसअघि सी डिभिजनबाट ३ वटा क्लबले मात्र भोट हाल्ने अधिकार पाउँथे। गत असोजमा भएको एन्फाको विशेष साधारण सभाले बी र सी डिभिजन क्लबबाट भोट हाल्ने कोटा बढाउने निर्णय गरेको थियो।

यस्तै बी डिभिजनको ५ बाट बढाएर ९ क्लबले भोट हाल्न पाउने बनाइएको छ। ए डिभिजनमा हाल रहेका १४ क्लबले भोट हाल्न पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell