PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

करणी मुद्दामा सेनाका मेजर जेल चलान



पहिलोपोस्ट

करणी मुद्दामा सेनाका मेजर जेल चलान
फोटो श्रोत: huffingtonpost.com

काठमाडौं: नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। 

गत पुष १४ गते बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षीया बालिकासँग यौन गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

जबर्जस्ती करणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।  बालिका आफन्तले महानगरीय प्रहरी वृत बानेश्वरमा उजुरी दिएपछि पक्राउ गरि मुद्दा चलाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell