PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङमा १२ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङमा १२ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : भारतको नयाँ दिल्लीमा हुने इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका ६ महिला र ६ पुरुष गरी कूल १२ खेलाडीले सहभागिता जनाउने भएका छन्।

नयाँ दिल्लीमा माघ १३ देखि १९ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागि हुने नेपाली बक्सिङ टोलीलाई बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले बदाई गरे।

नेपालबाट महिलातर्फ ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५४ केजीमा विमला श्रेष्ठ, ६० केजीमा संगिता सुनार, ६४केजीमा पुनम रावल र ७५ केजीमा सरस्वती रानाले प्रतिस्पर्धा गर्नेछिन्। यसैगरी पुरुषतर्फ ४९ केजीमा तेजवहादुर देउवा, ५२ केजीमा प्रेम चौधरी, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा बिष्णु प्रसाद घले, ८१ केजीमा मनोहर बस्नेत र ९१ केजी भन्दा माथिमा आषिस दवाडीले खेल्नेछन्।

नेपाली टिमको प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षकमा दिपक महर्जन, टिम व्यवस्थापकमा राम बहादुर गिरी र टिम सह–व्यवस्थापकमा दिलिपाश्री अधिकारी छन्।

सोही अवसरमा सदस्य–सचिव बिष्टले आईबा एक्स्ट्रा ओर्डिनेरी कंग्रेसमा सहभागिता जनाउन दुबई जाने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, महासचिव सविन भट्चार्य र सदस्य श्याम अवालेलाई पनि बिदाई गरे।

अध्यक्षको टोली माघ १३ देखि सुरु हुने कंग्रेसमा भाग लिन आजै दुबईतर्फ प्रस्तान गदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell