PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता



पहिलोपोस्ट

तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता

काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जस्मिन फिटनेस सेन्टर त्रिपुरेश्वर र आइडियासप मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालीको संयुक्त आयोजनामा तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता मार्च पहिलो साता हुने भएको छ।

आयोजकले बिहीवार पत्रकार सम्मेलन गरि आगामी मार्च ६ र ७ मा प्रतियोगिता गराउने जानकारी दिएको हो।

यसभन्दा अघिका दुई वर्षमा पनि ज्यासमिन फिटनेस सेन्टरले यो प्रतियोगिता आयोजना गरेको थियो। महिलाहरुको स्वास्थ्य, तन्दुरुस्ता र अधिकारको विषयमा जनचेतना फैलाउनु र शारीरिक व्यायाम भनेको पुरुषलाई जत्तिकै महिलालाई पनि अपरिहार्य छ भन्ने कुराको सन्देश दिने उदेश्यले यस वर्ष पिन निरन्तरता लिन लागेको आयोजकले जनाएको छ।

अघिल्ला दुई वर्षमा भन्दा यसपालिको कार्यक्रमलाई अझ भब्य रपमा सञ्चालन गर्ने र आगामी वर्षहरुमा पनि यसलाई निरन्तर रुपमा विकास गर्दै लैजाने आयोजक जस्मिन फिटनेस सेन्टरका निरोज लामाले बताए।

दुई दिन हुने यस प्रतियोगिताको पहिलो चरणको कार्यक्रम ज्यासमिन फिटनेस सेन्टर, त्रिपुरेश्वरमा हुनेछ। दोश्रो चरणको कार्यक्रम हेरिटेज गार्डेन, सानेपामा हुने सम्भावना  रहेको आयोजकले जनाएको छ।

दुई अलग-अलग विधामा पहिलो, दोश्रो र तेश्रो हुने ६ खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ। जुअनुसार पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार हात पार्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell