
काठमाडौं : मनाङमा प्रदेश सभा निर्वाचित भए पनि फौजदारी मुद्दामा दोषी ठहरिसकेको खुलेपछि एमालेको समर्थनमा जितेका दीपक मनाङ्गेको विषयमा ओलीले मुख खोलेका छन्। एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले मनाङ्गेको विषय पनि उठाए।
पत्रकारको प्रश्नपछि ओलीले उल्टै सोधे, 'उहाँको के मुद्दा हो?'त्यतिमै ओली रोकिएनन्। 'अदालतको फैसला सरकारले रद्ध गर्छ भन्न सक्दिन। स्वतन्त्र सांसद उठ्नु भयो,' ओलीले भने, 'जित्नु भो। त्यो उहाँको कुरा हो, हाम्रो होइन।'
निर्वाचनमा नेकपा एमालेले मनाङ्गेलाई जिताउन आफ्नो उम्मेदवारको नाम फिर्ता लिएको थियो भने मनाङ्गे एमालेका उम्मेदवारको प्रचारमा समेत हिँडेका थिए।