काठमाडौं : नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। बिहीबार पार-६८ रोएल नेपाल गल्फ क्बलमा भएको फाइएनलमा श्रेष्ठले तेस्रो वरीयताका भुवन नगरकोटीलाई पराजित गरे।
सूर्य नेपाल टूर २०१७-१८ अन्तर्गत शवरामले जितेको यो चौथो उपाधि हो। उनले उपाधिसँगै नगद ७० हजार हात पारे। भुवनले ४० हजार पाए।
यससँगै शिवरामले करियरको ४०औँ उपाधि जितेका छन्।
यस्तै तेस्रो स्थानको लागि भएको खेलमा पाँचौ वरीयताका सूर्य प्रसाद शर्माले सातौँ वरीयताका रामे मगरलाई पराजित गरे।
सूर्य प्रसादले २८ हजार तथा रामे मगरले २२ हजा प्राप्त गरे।
डिफेण्डिङ च्याम्पियन रवि खड्का, दोस्रो वरियताका सन्जय लामा, यलम्बर अधिकारी र जयराम श्रेष्ठ (क्वाटरफाइनलमा पराजित) ले नगद ११ हजार पाए।
पहिलो चरणमा हारेका ८ खेलाडीले समान ६ हजार हात पारे।
यस्तै बुधबार भएको सेमिफाइनलमा १४औँ होलमा होल इन वान गरेका शिवरामलाई एसके विजय अवालेले नगद १० हजार प्रदान गरे।
सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको पाँचौ प्रतियोगितामा शीर्ष १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।