PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

रेजिडेन्ट डाक्टरले ८ महिनासम्म पाएनन् तलब, आन्दोलनमा उत्रिँदै



सागर बुढाथोकी

रेजिडेन्ट डाक्टरले ८ महिनासम्म पाएनन् तलब, आन्दोलनमा उत्रिँदै
फाइल फोटो

काठमाडौं : आठ महिनासम्म रेजिडेन्ट डाक्टरहरुलाई तलब रोक्ने कुनै कारण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले रेजिडेन्ट डाक्टरहरुले अबको केही दिनमा तलब पाउने पनि बताए। उनले भने, ‘प्रक्रियामा ढिलाइ भएको हो। अर्थ मन्त्रालयले अख्तियारी दिइसकेकाले आजै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई रकम निकासाको लागि पत्र पठाउने तयारी गरिँदैछ। तलब रोक्नु पर्ने अन्य कुनै कारण छैन।’

रेजिडेन्ट डाक्टरहरुले स्वास्थ्य मन्त्रालयले ८ महिनादेखि तलब रोकेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। आज उनीहरुले २४ घन्टे अल्टिमेटम दिँदै तलब नपाए इमर्जेन्सीबाहेकमा काम छाड्ने चेतावनी दिएका हुन्। 

नेपाल रेजिडेन्ट डक्टर्स एसोसियसन महाराजगञ्ज मेडिकल कलेजका अध्यक्ष डा केशव श्रेष्ठ भोलिसम्म तलब नआए इमर्जेन्सी बाहेकका अन्य सेवा बहिष्कार गर्ने बताउँछन्। भन्छन, ‘यो हाम्रो बाध्यता हो। यत्रो महिना हामीलाई स्वास्थ्य मन्त्रालयले झुलायो। अब  तलब लिने अन्य केही बिकल्प भएन।’

रेजिडेन्ड डाक्टरहरुलाई केही कलेजले आफ्नो स्रोतसाधनबाट तलब दिए पनि महाराजगञ्ज मेडिकल कलेज लगायतले दिन सकेका छैनन्।स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विभिन्न मेडिकल कलेजमा विशेषज्ञ तहको पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरले तलब नपाएका हुन्। 

शिक्षण अस्पताल लगायतका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयबाट रकम नआएकाले तलब नदिएको श्रेष्ठ बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell