काठमाडौं : नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषदले मनपरी खर्च गरेकोमा आपत्ती जनायो। ११ बुँदै लिखित आरोप लगाउँदै एमालेले देउवा सरकारले सत्ता छाड्न छिद्रको खोजी गरिरहेको, वाम गठबन्धन टुटाउने खेलमा सक्रिय रहे तथा देशलाई आर्थिक रुपमा कंगाल बनाउने नीतिगत निर्णयहरु गरेको आरोप लगायो।
११ वटा आरोपमध्ये दोस्रो आरोपमा एमालेले भनेको छ – नयाँ निर्वाचनमा वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत देखापरेको र सरकार सञ्चालनको स्पष्ट जनादेश प्राप्त भइसकेको सन्दर्भमा पनि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार जनादेशलाई 'कसैलाई पनि बहुमत प्राप्त नभएको' भन्दै लाञ्छिन गरिरहेको छ, वाम गठबन्धनलाई विभाजित गर्ने खुलेआम उद्घोाष गरिरहेको छ र कानुनी छिद्राहरु खोज्दै नयाँ सरकार गठनको बाटो अवरुद्ध गर्न उद्दत छ।
एमालेको विज्ञप्तिको यही बुँदामा असहमति जनाउँदै कांग्रेस प्रवक्ता शर्माले ट्विट गरेका छन्। उनले भनेका छन्, 'मनको बाघले कसैलाई नखाएकै जाति।'
राष्ट्रिय सभा गठनको कानुन निर्माण, प्रदेश प्रमुख नियुक्ति, काम चलाउ स्थल, माघ २४ मा निर्वाचन, यी सबै प्रक्रियाले सत्ता हस्तान्तरणलाई मार्ग प्रशस्त गरिरहेको छ।