PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

आदित्यको निर्णायक गोलमा एपीएफ विजयी, संकटा बाहिरियो



नरहरि पौड्याल

आदित्यको निर्णायक गोलमा एपीएफ विजयी, संकटा बाहिरियो

पोखरा : संकटालाई १-० ले पराजित गर्दै विभागीय टोली सशस्क प्रहरीबलको एपीएफ १६औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीवार पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा खेलमा एपीएफलाई जित दिलाउन आदित्य चौधरीले २८औँ मिनेटमा फ्रिकमार्पत गरेको गोल निर्णायक बन्यो।

संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपीएफका रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेँलो कार्ड देखाउँदै एपीएफका लागि फ्री किकको अवसर प्रदान गरेका थिए। चौधरीले १८ यार्ड परबाट गरेको प्रहार गरेको बल क्रस बारमा लागि पोष्ट भित्र गोल भएको हो।

चौधरीले खेलको म्यान अफ द म्याच घोषित भए।

चौथो पटक आहा रारा गोल्डकपमा सहभागी सिएमजी संकटाले यस अघि उपविजेतासम्मको यात्रा तय गरेको थियो। एपीएफको भने यो ११औँ सहभागीता हो।

खेलको पहिलो हाफमा संकटाले गोल गर्ने झण्डै आधी दर्जन अवसर गोलमा परिणत गर्न सकेन। तर फिनिसिङमा कमजोरी हुँदा संकटा पहिलो खेलबाटै बाहिरिन पुगेको थियो।

खेलको ७३ औं मिनेटमा संकटाका सरोज दाहालले पोष्ट नजिक पाएको बल हेड मार्फत गोल गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन। लगत्तै संकटाकै प्रकाश बुढाथोकीले मिलाइदिएको पास बलमा रुपेस केसीले हानेको प्रहारमा पनि बलले पोष्टको दिशा लिन सकेन।

प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ बीच खेल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell