PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

अदालतमा हाजिरपूर्व फेरि गोविन्द केसीको नयाँ कदम? के फेरि बस्छन् अनशन?



सागर बुढाथोकी

अदालतमा हाजिरपूर्व फेरि गोविन्द केसीको नयाँ कदम? के फेरि बस्छन् अनशन?

काठमाडौँ : प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) का डिनलाई त्रिवि पधाधिकारी तथा शिक्षा मन्त्रालयले काम गर्न अवरोध गरेको आरोप लगाएका छन्। भोलिसम्म डा अग्रवाललाई काम गर्न अवरोध गरे नयाँ कदम चाल्ने केसीले बताए।

तीर्थ खनियाँ र गोपाल पराजुलीको मिलेमतोमा काममा अवरोध पुगेको आक्षेप लगाउँदै उनले नयाँ कदम चाल्ने चेतावनी दिएका हुन्।  

‘त्रिवि पधाधिकारी तथा शिक्षा मन्त्रालयका केही पधाधिकारीहरुले डा अग्रवालको काममा अवरोध गरेकाले  आइओएमका काम रोकिएको छ। उनीहरुले नयाँ डिन ल्याउन चलखेल गरिरहेका छन्,’ डा केसीले भने, ‘नयाँ डिन ल्याएर अहिलेसम्म चिकित्सा क्षेत्रमा भएका उपलब्धि गुम्ने खतरा छ। उनीहरुकै कारण संवेदनशील क्षेत्रको काम रोकिएको छ। उनीहरुले यस्तो चलखेल गर्न भोलिसम्म छोडेनन् भने म आगामी कदम चाल्न बाध्य हुन्छु।’

त्यसैगरि पुस २८ गते सरकारसँग भएको ५ बुँदे सहमति  लागू गर्नुपर्ने डा केसीको माग छ।

सर्वोच्च अदालतबाट भएका फैसलामाथि प्रश्न उठाउँदै अनशनमा रहेका केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरी अदालत उपस्थित गराइएको थियो। अदालतमा उनको मुद्दामा सुनुवाई गर्दै तारेखमा रिहाइ गरिएको थियो। उनलाई अदालतले फागुन ८ गते हाजिर हुन आदेश दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell