PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सन्तोष साउखलाको २ गोल, मनाङ मर्स्याङ्दी फाइनलमा



पहिलोपोस्ट

सन्तोष साउखलाको २ गोल, मनाङ मर्स्याङ्दी फाइनलमा

इटहरी : सन्तोष साउखलाले पुनरागमन खेलमा दुई गोल गरेपछि गरिफा स्पोर्टिङ क्लब कोलकाता, भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मनाङले अब शनिवार हुने फाइनलमा थ्री स्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले लगातार गोल गर्न सफल भयो। मनाङका लागि दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमै सन्तोष साहुखलले आफ्नो पहिलो गोल गरे। त्यस्तै दोस्रो हाफको २१औँ मिनेटमा पुनः साहुखलले अर्को गोल थप्दै मनाङलाई २-० को अग्रता दिलाए।

त्यसैगरी दोस्रो हाफको ३०औँ मिनेटमा विमल रानाले गोल गर्दै मनाङको अग्रता तेब्बर पारे। त्यसपछि खेलमा गोल हुन सकेन र मनाङले खेल ३–० ले जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell