PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई देउवाले बाँडे ५ हजार भत्ता



पहिलोपोस्ट

क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई देउवाले बाँडे ५ हजार भत्ता
फोटो : रासस

काठमाडौँ : प्रधान मन्त्री शेरबहादुर देउवाले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएकालाई मासिक ५ हजार भत्ता दिने निर्णयको सुरुवात गरेका छन्।

प्रधानमन्त्री देउवाले राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा उपचाररत २१ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरेर यसको सुरुवात गरेका हुन्।

गत पुस १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीलाई ५ हजार दिने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि बिरामीलाई मासिक भत्ता दिने तयारी  अनुसार प्रस्ताव अघि सारेको थियो। गत सोमबार अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भत्ता वितरण गर्न १८ करोड पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell