
काठमाडौं: मन्त्रिपरिषद्ले सबै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशमा केन्द्र निर्माण गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।
यी हुन् अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र
प्रदेश १ धरान
प्रदेश २ वीरगन्ज
प्रदेश ३ चोभार
प्रदेश ४ दमौली
प्रदेश ५ दाङ
प्रदेश ६ सुर्खेत
प्रदेश ७ महेन्द्रनगर