PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

थपिए ५४ शहीद : बाँदरमुढे घटनामा मारिएका ३८ जना र माओवादीबाट मारिएका १६ जना



नेत्र तामाङ

थपिए ५४ शहीद : बाँदरमुढे घटनामा मारिएका ३८ जना र माओवादीबाट मारिएका १६ जना

काठमाडौं: सरकारले बाँदरमुढे घटनामा मारिएका सबै जनालाई शहीद घोषणा गरेको छ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा मारिएका ३८ जनालाई नै शहीद घोषणा गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भने, '२०७२ जेठ २३ बाँदरमुढे घटनामा मृत्यु भएका सबै ३८ जनालाई शहीद घोषणा गरिएको छ।'

माडीको बाँदरमुडेमा तात्कालिन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परि ३८ जनाले ज्यान गुमाएका थिए।

माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान ८ बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भजे ७२ जना घाइते भएका थिए।

त्यसैगरी सरकारले माओवादीबाट विभिन्न समयमा मारिएका १६ जनालाई पनि शहीद घोषणा गरेको छ।

कास्कीका कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, लेखबहादुर गुरुङ, सुलोत्मसिंह गुरुङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरुङ शहीद घोषित भएका छन्।

त्यसैगरी सिन्धुपाल्चोक कुभिन्डेका कृष्णप्रसाद सापकोटा, भीमटारका वीरबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजंग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी पनि शहीद घोषित भए।

सुनसरीका ब्रह्मदेव उराव, छत्र खतवे र खोटाङका कालुमान गुरुङ पनि शहीदको सूचीमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell