PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

पर्यटन मन्त्रालयका सचिव सार्वजनिक अनुगमनमा तानिए, परिवार नियोजन संघ विघटन



पहिलोपोस्ट

पर्यटन मन्त्रालयका सचिव सार्वजनिक अनुगमनमा तानिए, परिवार नियोजन संघ विघटन
सचिव महेश्वर न्यौपाने

काठमाडौं: सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरेको छ।

बिहिबार साँझ प्रधानमन्त्री निवाव बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई सार्वजनिक खरिद अनुगमनमा सरुवा गरेको हो।

त्यसैगरी सार्वजनिक खरिद अनुगमन सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद्को बैठकले परिवार नियोजन संघको केन्द्रीय तथा शाखा समिति विघटन गरेको छ। सरकाले छत्रबहादुर गिरीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell